बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष ६ गते १२:२९ मा प्रकाशित

काठमाण्डु,६ पुस– मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट एक जना महिलाको मृत्यु भएको छ । मूत्यु हुनेमा मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेकी छन ।

मनहरी गाउँपालिका–९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार, बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङजातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको रात्रि बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रस गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले ठक्‍कर दिएको थियो ।

बसको ठक्‍करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । मृतक मिजारको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us