माधव नेपालको स्वास्थ्यमा सुधार

काठमाण्डु टुडे २०७९ पुष ६ गते १२:११ मा प्रकाशित

काठमाण्डु,६ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार भएको छ । उनको ज्वरो सामान्य अवस्थामा आएको छ ।

नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले बताएको छ । छातीको सङ्क्रमण न्यूनीकरण नहुँदासम्म केही दिन अस्पतालमै राखिने उनका स्वकीय सचिव मोहन गौतमले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us