हेर्दाहेर्दै मतपत्रको फोटो खिचियो: थापा

काठमाण्डु टुडे २०७९ पुष ६ गते १०:५८ मा प्रकाशित

काठमाण्डु,६ पुस– आज बुधबार सिंहदरवार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा केही सांसदहरुले भोट हालेपछि मतपत्रको फोटो खिचेका छन् ।

उनी हरुले सिनियर नेताकै निर्देशनमा आफूले हालेको मतको तस्विर खिचेका हुन् । संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले भन्दाभन्दै पनि केही सांसदले फोटो खिचेको बताएका छन ।

उनले ठुला नेताको निर्देशनमा सांसदहरुले फोटो खिचेको आफूले पाएको थापाको बताएका छन । ‘देख्दादेख्दै, भन्दाभन्दै र हेर्दा हेर्दै पार्टीका केही सिनियर नेताहरु छेउमा आएर कुरेको भन्दै बसिराख्नुभयो ।

मेरै आँखा अगाडि भन्दाभन्दै पनि १०,११ जनाले मोवाइल निकालेर मतपत्रको तस्विर खिच्नुभयो’, थापाले संचारकर्मीसँग भने,‘पार्टीभित्र लोकतन्त्रका लागि यत्रो अभ्यास भइरहेको बेलामा सांसद आफैले पनि बुझ्ने कुरा हो ।

किन खिच्नुभएको हो रु कि खिचेपछि सार्वजनिक गरिदिनुस् ।’ उनले जित हार आफ्नो ठाउँमा भएपनि दलको निर्वाचनमा कांग्रेसले अपनाएको प्रक्रिया लोकताीन्त्रक भएको बताएका छन ।

‘यसले आन्तरिक लोकतन्त्रको सुन्दरपक्ष उजागर भएको छ’, उनले भने, ‘सांसदहरुले जनतासमक्ष गरेको प्रतिबद्धता यहाँ पुरा गर्नुभएको छ भन्ने लागेको छ ।’

उनले यसअघिको संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवा र प्रकाशमान सिंहवीच प्रतिस्पर्धा हुँदा आफुले प्रकाशमान सिंहको पक्षमा मतदान गरेको भन्दै आफुलाई त्यसवेला निर्वाचित गर्ने मतदाताको चाहाना कांग्रेसको नेतृत्व बदलियोस् रहेको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us