
काठमाण्डु, ६ असोज– नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ ।
दल नेता चयनका लागि सिंहदरबारस्थित काँग्रेस दल कार्यालयमा मतदाता रहेका सांसदहरु आउने क्रम जारी छ । ८ बजेबाट सुरु भएर १० बजेसम्म मतदान हुने भनिए पनि यो समाचार तयार पार्दासम्म अझै मतदान सुरु भएको छैन ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल काँग्रेस दल नेता चयनलाई महत्वका साथ हेरिएको छ । संसदीय दल नेताका लागि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रिएका छन् ।
मंगलबार भएको उम्मेदवारी मनोनयनमा देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् । थापाको प्रस्तावकमा उपसभापति धनराज गुरुङ तथा समथर्कमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् । निर्वाचनमा ८९ सांसदले मतदान गर्नेछन् ।
गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिटमा विजय हासिल गरेको थियो ।