मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा देउवाको आवश्यकता: पूर्णबहादुर खड्का

काठमाण्डु टुडे २०७९ पुष ५ गते १७:४६ मा प्रकाशित

काठमाण्डु,५ पुस– काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताए ।

मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले यस्तो बताएका हुन । उनले कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमालेसहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताएका छन ।

उनले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै भएको बताएका छन । उनले अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताएका छन । उनले आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us