
काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् ।
आज (मंगलबार) बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले बताए ।
उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने एमालेको बताएको छ ।