संसदीय दलको नेतामा गगन थापाले गराए उम्मेदवारी दर्ता

काठमाण्डु टुडे २०७९ पुष ५ गते १५:०५ मा प्रकाशित

काठमाण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेस संसदीय दलको नेतामा संस्थापन इतर पक्षबाट महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

उनको उम्मेदवारीमा प्रस्तावक डा शेखर कोइराला रहेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहेका छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले नै उम्मेदवारी दर्ता गराउँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us