
काठमाण्डु,५ पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले चुनाव नहारेको बताएका छन् । मंगलबार पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन काठमाण्डुको कमलादीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले आफूहरुले घेराबन्दी र धाँधलीका बीच चुनाव जितेको बताएका छन । ओलीले भने ,‘हामी हारेका छैनौं, हामीले जितेका छौं, हामीले हार्नुहुदैन । हामीले हार्दा हाम्रो उद्देश्य हार्छ, देशको आकांक्षा हार्छ, हाम्रो गन्तव्य हार्छ’ ।
उनले एमालेले अपेक्षा गरेको सिट ल्याउन नसके पनि आफूहरुले उत्सव मनाइरहेको बताएका छन । ओलीले भने, ‘राजनीतिक भविष्यवाणी कस्ता थिए रु माटो चटाउँछौं, धुलो चटाउँछौं, भित्तामा पु¥याउँछौं, टर्च बालेर खोज्नुपर्छ भनेका थिए’ , ‘टर्च बालेर होइन, टर्च बाल्न पर्दैन नेकपा एमालेको गति र चाल जसले जहाँबाट पनि सुन्न सक्छ विश्वभरिबाट ।’
एमालेमाथि चौतर्फी हमला हुँदैनथ्यो भने देशलाई स्थिरता दिने अवस्थामा आफूहरु हुने उनले बताएका छन । तर राज्यशत्ता र शक्तिको दुरुपयोग गरेर आफूहरुको विजय खोसिएको बताए ।
‘राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भएको छ । राज्यका विभिन्न अंगको दुरुपयोग भएको छ । सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारमाथि हमला भएको छ ।
सार्वभौम जनताले शान्तिपूर्ण निर्भय वातावरणमा प्रतिनिधि छान्न पाउने अधिकार खोसिएको छ’ उनले भने ।