
काठमाण्डु,५ पुस– पुर्व प्रधानमन्त्री एवंम् एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने बताएका छन् ।
आज काठमाण्डुको कमलादीमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा बेल्दे उनले यस्तो बताएका हुन । ओलीले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरेका छन ।
उनले अहिले एमालेबाहेकका दलका नेताहरुमा सरकार के का लागि बनाउने भन्दा पनि पद प्राप्त कसरी गर्ने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र आकांक्षा देखिएको बताएका छन ।
उनले भने, सरकार गठनको यस्तो अनुचित र फोहोरी उद्देश्यप्रति नेकपा एमाले पूर्ण रुपमा असहमत छ र त्यसको विरुद्धमा छ’ यस्तो हिसाबले सरकार गठन गर्ने क्रियााकलापमा हामी लाग्दैनौं ।’
उनले सत्तामा वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन, कानुनी राज, नागरिक सम्मान र सामाजिक स्थिरताका पक्षमा आफूहरु दृढतापूर्वक लाग्ने बताएका छन ।