देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल, समर्थकमा पूर्णबहादुर खड्का

काठमाण्डु टुडे २०७९ पुष ५ गते १४:३३ मा प्रकाशित

काठमाण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेसको संसदीय दलको नेतामा संस्थापन पक्षबाट उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका भएका छन् ।

पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् । भोली बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us