
काठमााण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेसको संस्थापनइतर पक्षबाट महामन्त्री गगन थापालाई पार्टीको संसदीय दलको नेताको रूपमा प्रस्ताव गरेकोमा महामन्त्री विश्वप्रकाश शर्माले डा. शेखर कोइरालालाई धन्यवाद दिएका छन ।
इतर पक्षको होटल बसेरामा जारी बैठकमा पुगेर शर्माले पछिल्लो पुस्तालाई प्रस्ताव गर्ने कोइरालाको कदमको स्वागत गरेका छन । थापाले भने, ‘यो संसदीय दलको नेताको प्रस्तावको विषय मात्र होइन ।
नेपाली कांग्रेसका शुभचिन्तकहरूले यसलाई पार्टीलाई बदलिएको सोच र समयअनुरूप बदलिएको दिशामा लाने खुड्किलोको रूपमा महसुस गरेका छन् जस्तो मलाई लाग्छ ।’
उनले पार्टीका सांसदहरूले पनि यो कुरालाई बुझेर थापालाई नै मतदान गर्ने विश्वास गेका छन ।उनले सभापति शेरबहादुर देउवाले पनि वैकल्पिक नाम प्रस्ताव गर्ने आशा पनि व्यक्त गरे ।
लोकतान्त्रिक अभ्यासको प्रक्रिया पछि परिणाम जे आए पनि पार्टी त्यसपछि भने पार्टी एक ढिक्का रहने स्पष्ट पारे । शर्माले भने, निर्वाचनमा जहिले गणितको चर्चा हुन्छ ।
तर, हिजो जो जहाँ भए पनि अब नेपाली कांग्रेसका सांसदहरूले जनमताको कुरा बुझेर मतदान गर्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ’।