शेखर र गगनबिच जुट्यो सहमति, देउवाविरुद्ध गगनले उम्मेदवारी दिने तयारी

काठमाण्डु टुडे २०७९ पुष ५ गते १२:२६ मा प्रकाशित

काठमााण्डु,५ पुस– कांग्रेस ससंदीय दलको नेता चयनका लागी भाली निर्वाचन हुँदै छ । कांग्रेस संसदीय दलको नेतामा संस्थापन पक्षबाट पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध संस्थापन इतर समूहबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् ।

डा. शेखर कोइरालासँग दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको छ । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो ।

सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले बताएका छन ।

कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् ।

छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी रहेका थिए । काँग्रेसका ८९ सांसदले दल नेताका लागि बुधबार मतदान गर्दैछन् । थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।

निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । यस्तै देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us