
काठमााण्डु,५ पुस– कांग्रेसको संस्थापन इतर पक्षबाट संसदीय दलको नेतामा एकल उम्मेदवार तय गर्ने विषयमा कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीचको छलफल सकिएको छ ।
लैनचौरको एक होटलमा भएको छलफलमा दुवै नेता दलको नेतामा उम्मेदवारी दिने आ आफ्नो अडानबाट पछि नहटेपछि सहमति जुट्न नसकेको नेताहरुले बताए । कांग्रेस महामन्त्री गगन थापा र शेखर कोइरालाबीच सहमति जुट्न सकेन ।
बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, चन्द्र भण्डारी हृदयराम धानीलगायत सहभागी रहेका थिए ।