पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक

काठमाण्डु टुडे २०७९ पुष ५ गते ११:५९ मा प्रकाशित

 काठमााण्डु,५ पुस– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवंम् पूर्वमन्त्री प्रेमबहादुर आलेलाई मातृशोक परेको छ ।

उनकी आमा ७८ वर्षीया गङ्गादेवीको आज बिहान ४ बजे काठमाण्डुको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको घरपरिवारले जानकारी दिएका छन ।

उच्च रक्तचापका कारण गएको ११ मंसिरमा उनलाई डोटीबाट काठमाण्डु ल्याई अस्पताल भर्ना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us