स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते ११:३२ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मूत्यु हुनेमा बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी २९ वर्षीय सुवासचन्द्र रतेला रहेका छन ।

उनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिएको थियो । बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो ।

उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us