
काठमाण्डु, २४ मंसिर– काठमाण्डुको हलचोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ग२ख ६१० नम्बरको कन्टेनरले बा।प्र। ०२–०२२प१८१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वीरगंज महानगरपालिका–११ का ४५ वर्षीय सुवास खतिवडाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।