वायुसेवा निगम को न्यारोबडी जहाज ग्राउन्डेड

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १८:०० मा प्रकाशित

काठमाण्डु ,११ मंसिर -नेपाल वायुसेवा निगम को न्यारोबडी ‘ए’ ३२० जहाज ग्राउन्डेड भएको छ ।

आज बिहान ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उड्ने तयारीमा रहेको उक्त जहाजको इन्जिन स्टार्ट नभएपछि जहाज ग्राउन्डेड भएको बतायको छ। प्राविधिक समस्याका कारण जहाजको इन्जिन स्टार्ट नभएकाले जहाज ग्राउन्डेड भएको जनाएको छ ।

जहाजमा सवार यात्रुलाई अर्को जहाजमार्फत दिल्ली पठाइएको थियो । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार न्यारोबडी जहाजको ‘स्टार्टर’ बिग्रिएको हो, इन्जिनमा समस्या हैन, प्राविधिक समस्यायुक्त जहाजको अहिले मर्मत भइरहेकाले छिट्टै उडानमा आउनेछ ।”

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us