दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्न मिति तोक्ने आयोगको तयारी

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर- निर्वाचन आयोगले दोलखाका विवादित मतदान केन्द्रमा पुनः मतदान गर्ने मिति तोक्ने तयारी गरेको छ।

दोलखामा आयोगले पठाएको छानविन टोलीको प्रतिवेदन आयोगमा आइपुगेकोले त्यसको अध्ययन गरेर पुनः मतदान गराउनुपर्ने अवस्था रहेमा त्यसबारे निर्णय गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बतायका छन।

आयोगले यसबारे आइतबार साँझ बैठक बसेर निर्णय गर्न तयारी गरेको थपलीयाले बताय। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका दिन दोलखाका केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै नेकपा एमालेले आयोगमा उजुरी गरेपछि आयोगले पठाएको जाँचबुझ टोलीले ६ वटा केन्द्रमा पुनः मतदान गर्न सिफारिस गरेको आयोग स्रोतको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us