समानुपातिक मतगणनामाथि निगरानी राख्न सिके राउतको निर्देशन

काठमाण्डु टुडे २०७९ मंसिर ११ गते १४:०३ मा प्रकाशित


काठमाण्डु ,११ मंसिर- जनमत पार्टीका अध्यक्ष डा।सिके राउतले समानुपातिक मतगणनामाथि निगरानी राख्न लाइभ भिडियोमार्फत आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

उनले आज सो निर्देशन दिएका हुन् । अध्यक्ष राउतले निर्देशन दिँदै भनेका छन् । समानुपातिक मतगणनामा धाँधली र अनियमितता भइरहेको खबर जताततैबाट आइरहेका छन्, जनमत पार्टीलाई परेको मत लुकाउने, रेकर्डमा नदेखाउने जस्ता काम भइरहेकाले त्यसमाथि कडा निगरानी बढाउनुपर्छ।

प्रत्यक्षका लागि जसरी मतगणनास्थलमा निगरानी बढाइयो त्यसरी दुईरचार दिन मतदानस्थलमै रहन नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिएका छन् ।राष्ट्रिय पार्टी हुने कि नहुने समानुपातिक मतले तय गर्ने भएका हुनाले त्यसमाथि कडा निगरानी गर्नुपर्ने देखिएको बताउँदै उनले जनमत पार्टीले समानुपातिक मत धेरै पाएको छ, त्यो यताउती नहोस्’ त्यसमाथि निगरानी गर्नुपर्नै राउतले बताय ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us