
काठमाण्डु ,११ मंसिर -तेह्रथुममा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फेदाप गाउँपालिका वडानम्बर २ ओयाक्जुङ असुवा बस्ने ४२ वर्षीय चन्द्रबहादुर लिम्बु रहेका छन।
शनिबार साँझ को२१प ४२२८ नम्बरको मोटरसाइकल म्याङलुङ स्थीत दशगते पार्कमा ल अनियन्त्रित भई सडकको पिलरमा ठोकिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।