दक्षिण कोरियामा ५४ हजार ५ सय १९ जना कोरोनाको नयाँ सङ्क्रमित

काठमाण्डु टुडे २०७९ कार्तिक २५ गते १५:५४ मा प्रकाशित

एजेन्सी–दक्षिण कोरियामा बिहिबार मध्यरातसम्म ५४ हजार ५ सय १९ जना कोभिड–१९ का नयाँ सङ्क्रमित पुष्टि भएका छन । यससँगै त्याहाँ कुल कोरोना सङ्क्रमितको सङ्ख्या २ करोड ६० लाख ९१ हजार पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन ।

त्याहाँ कोरोना सङ्क्रमणको कारण पछिल्लो २४ घण्टामा थप ४० जनाको मृत्युको भएको छ । यो सँगै त्याहाँ हालसम्म कोरोान सङ्क्रमणको कारण २९ हजार ५ सय ७१ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us