
एजेन्सी– अमेरिकाले युक्रेनलाई हतियार र उपकरण सहयोगस्वरुप उपलब्ध गराउने भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने– ‘मैले युक्रेनलाई रक्षा मन्त्रालयको सूचीबाट थप ४०० मिलियन डलरको हतियार र उपकरण उपलब्ध गराउन निर्देशन दिएको छु ।
युक्रेनको सुरक्षा बलले रुसी सेनालाई पछाडि धकेली रहेको छ, अमेरिका युक्रेनको साथमा रहेको छ । अमेरिकी सहयोगको यो प्याकेजमा हक एयर डिफेन्स सिस्टमका लागि मिसाइल, चार एभेन्जर एयर डिफेन्स सिस्टम, आर्टिलरी र मोर्टार राउण्ड, एचएमएम गाडी, ४०० ग्रेनेड लन्चर, डिटेरेन्ट डिभाइस, चिसोबाट जोगाउने कपडा आदि समावेश छन् ।
यस सहयोगलाई औचित्यपूर्ण बताउँदै परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । रुस र युक्रेनबीचको युद्धपछि पश्चिमी देशहरूले युक्रेनलाई हतियार सहयोग गर्दै आएका छन् । योसँगै दुई देशबीच अहिले पनि द्वन्द्व चलिरहेको छ र युक्रेनको केही भूभाग रुसले आफ्नो कब्जामा लिएको छ ।