
एजेन्सी– उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले बताएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।
उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात् जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः ३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले जनाएको छ ।
यस क्षेप्यात्र प्रहारको जापानले पनि पुष्टि गरेको छ ।