आफ्नो सेनालाई ‘युद्धका लागि तयार रहन सी जिनपिङको निर्देशन

काठमाण्डु टुडे २०७९ कार्तिक २३ गते १५:५४ मा प्रकाशित

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सेनालाई ‘युद्धका लागि तयार’ रहन निर्देशन दिएका छन् । उनले चीनको राष्ट्रिय सुरक्षाले बढ्दो अस्थिरताको सामना गरिरहेको बताएका छन ।

यसैलाई ध्यानमा राख्दै उनले चीनको जनमुक्ति सेनालाई आफ्नो क्षमता बढाउन, युद्धको तयारी गर्न निर्देशन दिएका छन् । सी जिनपिङ अहिले चिनको तीन शक्तिशाली पदमा छन् उनी पार्टी र सेना प्रमुख हुनुका साथै चीनको राष्ट्रपति पनि हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार उनले सीएमसीको संयुक्त अपरेशन कमाण्ड सेन्टरको निरीक्षण गरेका छन । चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार उनले चीनको सम्पूर्ण सेनालाई युद्धको तयारी गर्न, लड्ने र जित्ने क्षमता बढाउन आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us