मोगादिसुमा आत्मघाती बम विस्फोटमा परी १५ जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ कार्तिक २० गते १५:१६ मा प्रकाशित

एजेन्सी ,२० कातिक -मोगादिसुको दक्षिणी भागमा रहेको सैन्य प्रशिक्षण शिविरको प्रवेशद्वारमा शनिबार साँझ भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

यस आक्रमणमा परी धेरै मानिसहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले आइतबार जानकारी दिएका छन्।

मृत्यु हुनेहरूमा सर्वसाधारण र नयाँ भर्ती भएकाहरू रहेका बतायको छ। आक्रमणको जिम्मेवारी इस्लामिक लडाकू समूह अल–शबाबले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us