
एजेन्सी– श्रीलंकामा कर, मुद्रास्फीति र सरकारी दमनको विरोधमा सयौं मानिस विरोध प्रदर्शनमा उत्रिएका छन् । श्रीलंकाको सबैभन्दा ठूलो सहर कोलोम्बोमा उनीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
विपक्षी राजनीतिक दलहरू, ट्रेड युनियनले आयोजना गरेको सरकारविरोधी हयली राष्ट्रपतिको आवास रहेको सहर र मन्त्रालयमा पुगेको थियो । कीर्तिमानि ढंगमा घटेको विदेशी मुद्रा विनिमय सञ्चितिका कारण टापुका २ करोड २० लाख मानिस इन्धन, खाद्यान्न, खाना पकाउने ग्यास र औषधि जस्ता अत्यावश्यक वस्तुको आयात गर्न संघर्ष गर्दै छन ।
जुलाइमा भएको विशाल प्रदर्शनका कारण पूर्व राष्ट्रसित गोटाबाय राजापाक्षेले देश छाड्न बाध्य भएका थिए । यसैबीच, राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय श्रीलङ्कामा जारी आर्थिक सङ्कटका कारण स्थिति गहिरिन सक्ने चेतावनी दिँदै कम्तीमा ५७ लाख श्रीलङ्कावासीलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । यो श्रीलङ्काको कूल जनसङ्ख्याको २६ प्रतिशत हो ।