फिलिपिन्समा आँधीका कारण मृत्यु १ सय ५० जनाको मूत्यु,

काठमाण्डु टुडे २०७९ कार्तिक १७ गते १६:२० मा प्रकाशित

एजेन्सी– फिलिपिन्समा पाएङ नामक एकशक्तिशाली आँधीका कारण मृत्यु  १ सय ५० जनाको मूत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् ।

आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका । त्यसैगरी १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केका छन् । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जानकारी दिएको छ ।

आँधीसँगैकै कारण कम्तीमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन उत्पादनमा नोक्सानी भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us