
एजेन्सी, १४ कातिक- फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका आउदा ९८ जानाको मृत्यु भयको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ६३ जना बेपत्ता भएका छन् भने ६९ जना घाइते भएका छन्। आँधीका कारण राजधानी मेट्रो मनिलासहित३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले बतायको छ।
आँधीका कारण मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा पनी क्षति भएको जनायको छ।