कोटेश्वरमा प्रचण्ड-माधवबीच भेटवार्ता

काठमाण्डु टुडे २०७७ चैत १६ गते १६:५२ मा प्रकाशित

काठमाण्डु, १६ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाल र प्रचण्डबीच सोमबार दिउँसो करिब २ घण्टा कोटेश्वरस्थित भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र संसद बैठक स्थगित गर्ने चर्चा भइरहेका बेला नेताद्धयबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि एमाले नेता नेपाल पक्ष र प्रचण्ड पक्षले त्यसविरुद्ध आन्दोलन गरेका थिए ।

सर्वोच्चको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले बिजनेस नदिँदा कामविहिन हुदै आएको छ । अध्यक्ष प्रचण्डले शनिबार काठमाडौमा भएको एक कार्यक्रममा केही दिनभित्रै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us