काठमाण्डु, ४ असोज– तक्मा छनोटमा विवादित व्यक्तिहरू पर्न थालेपछि कतिपयले सरकारले दिने घोषणा गरे पनि अस्वीकार गर्दै आएका छन् ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य र वरिष्ठा अधिवक्ता शम्भु थापाले सरकारले घोषणा गरेको तक्मा लिएका छैनन् । कलाकारहरू मदनकृष्णा श्रेष्ठण, हरिवंश आचार्य, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेटर पारस खड्का, सन्दीप लामिछानेलगायतको तक्मा मन्त्रालयमै अलपत्र रहेको एक कर्मचारीले बताए ।
‘संविधानसभा पदकसहित करिब तीन सयजनाको तक्मा अलपत्र छ,’ मन्त्रालयको तक्मा शाखाका एक कर्मचारी भन्छन्, ‘त्यसलाई रद्द गर्ने कानुन बनिसकेको छ । त्यहीअनुसार निर्णय होला ।’ नयाँ पत्रिकाबाट