काठमाण्डु, १५ असार– कोभिड–१९ महामारीका कारण बन्द रहेर ९८ दिनपछि खुलेको शेयर बजारमा सुरुमै नकारात्मक सर्किट लागेको छ ।
सोमबार बजार खुलेको ४० मिनेटमै ४८.१७ प्रतिशतले बजार ओरोलो लागेपछि कारोबार बन्द भएको छ । शेयर बिक्री गर्नेको संख्या अधिक भयो भने बजार ओरालो लाग्छ ।
बजारमा सूचीकृत अधिकांश कम्पनीको मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, गुडबिल फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर र नेपाल टेलिकमको शेयर मूल्य भने केही बढेको छ ।