तनहुँ, २३ जेठ– तनहुँमा शुक्रबार दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
तनहूँको ऋषिङ गाउँपालिकाका दुई पुरुषमा कोरोना पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्वारेन्टिनमा राखिएका ३९ र ४० वर्षका दुई पुरुषका संक्रमण पुष्टि भएको हो ।
संक्रमित दुवैलाई जिल्ला सदरमुकामस्थित सरकारी अस्पतालमा रहेको आइसोलेसनमा ल्याउने तयारी भइहेको छ ।