काठमाण्डुमा लकडाउन उल्लंघन, प्रधानमन्त्रीविरुद्ध प्रदर्शन

काठमाण्डु टुडे २०७७ वैशाख २७ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, २७ वैशाख– काठमाण्डुको माइतीघर मण्लामा शनिबार भारतले लिपुलेक हुँदै तिब्बतको मानसरोबर जाने सडक निर्माण गर्दासमेत चुप लागेर बसेको भन्दै सरकारविरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

उनीहरुले उक्त प्रकरणलाई लिएर प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेका छन् । नाराबाजीसहित माइतीघर मण्डला पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीले ओली सरकार राजीनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ ।

भारतीय विस्तारवाद मुर्दावाद, लिपुलेक हाम्रै हो जस्ता नारा लगाएका थिए । यसअघि भारतीय दूतावास घेर्न लैनचौर पुगेका सत्तारुढ दल नेकपाकै विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us