हेटौंडा, २७ पुस -आज बसेको प्रदेशसभाको बैठकले प्रदेश ३ को नाम बाग्मती नामकरण पारित भएको छ । सांसद इन्द्र बानियाँले प्रस्ताव गरेको नाम बागमतीको पक्षमा १ सय ८ मत खसेको छ ।
प्रदेशसभाको बैठकमा उपस्थित सबै सांसदको मत वाग्मतीको पक्षमा खसेको हो । दुईतिहाइ मत बाग्मतीको पक्षमा खसेकाले प्रदेश ३ को नामाकरण बागमती कायम भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रदेशसभामाले नामाकरण र राजधानी टुंगो लगाएको छ ।
आजै राजधानीको नामाकरणका लागि भएको मतदानबाट हेटौंडा पारित भइसकेको छ ।