दसैंका लागि ल्याएकाे सामान भन्सारमै रोकियो

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते १२:१० मा प्रकाशित

काठमाण्डु,३१भदौ–दसैं र तिहारका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएका छन् ।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोडने सडक बुधबारदेखि अवरुद्ध भएकाले केरुङबाट आयात गरिएका सामान रसुवा भन्सारमै रोकिएका हुन्।
पहिरोका कारण सडक भासिँदा पासाङल्हामु मार्गको राम्चे-गाङ सडकखण्ड अवरुद्ध छ। उक्त सडक तत्काल खुल्ने अवस्था छैन । पहिरोका कारण मैलुङ–स्याफ्रबेंसी सडकखण्ड पनि अवरुद्ध छ। यो खण्डमा भने शनिबारबाट पहिरो पन्छाउन थालिएको छ। नाका जोड्ने सडक अवरुद्ध हुँदा दसैंका लागि आयात गरिएका अबौं मूल्यबराबरका सामान भन्सारमै रोकिएको नेपाल चेम्बर अफ कमर्सका भन्सार सभापति नीरज राइले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us