गृृहमन्त्रीका भाई हिरासतमा नरहेको खुलासा

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते ९:०५ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सकको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालनमा भर्ना भएका हुन् । ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ ।’
ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन् । उनले त्यहाँ एक क्याबिन रुम लिएका छन् । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us