नेकपामा मधेस विवादः ओली र प्रभु एकातिर, माधव र मातृका अर्कातिर

काठमाण्डु टुडे २०७६ भदौ ३१ गते ८:५९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश–२ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो ।

पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच तीव्र अन्तरविरोध छ । दुवैले पुष्पकमल दाहाल प्रचण्डलाई नेता मान्छन् ।

मधेसमा भने उनीहरु आ–आफ्नो समूह बनाउन क्रियाशील छन् । पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् ।

पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कोतिर देखिएका छन् । अन्नपूर्ण पोस्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us