साउदी तेल आक्रमणमा इरान संलग्न भएको खुलासा

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १७:४३ मा प्रकाशित


काठमाण्डु,३०भदौ–साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै अमेरिकाले प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ ।
तर इरानले साउदी अरबमा भएका हवाई आक्रमणमा आफ्नो संलग्नता भएको आरोप खण्डन गर्दै आएको छ । यमनमा सक्रिय विद्रोही हूथी समूहले आफूले ती आक्रमणहरू गरेको दाबी गरेको छ । हूथीहरूलाई इरानको समर्थन छ । तर अमेरिकी तथा अन्य अन्तराष्ट्रिय समाचारसंस्थासँग कुरा गर्दै नाम उल्लेख नगरिएका अमेरिकी अधिकारीहरूले जुन दिशाबाट र जुन क्षमतामा आक्रमणहरू भए त्यसबाट हूथीहरू संलग्न भएको पत्याउन नसकिने आशय व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us