प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसदहरुद्वारा वेल घेराउ

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १६:०९ मा प्रकाशित

काठमाण्डु,३०भदौ–प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सत्ता पक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सितापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै ‘नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौँ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउँदै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए ।
सांसद रोका क्षेत्रीको भनाइको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका हुन् ।भदौ २६ गते बाँकेको खजुरा गाउँपालिका वडा नम्बर(१ मा रहेको सितापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण सभामा सत्तारुढ दलका कार्यकर्ताले अंरिगाल जसरी प्रवेश गरेर कार्यक्रम बिथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us