मेयर चौधरीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाण्डु टुडे २०७६ भदौ ३० गते १५:३८ मा प्रकाशित


इटहरी,३०भदौ– इटहरी उपमहानगरपालिकाका मेयर द्धवारिकलाल चौधरीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
उच्च अदालत विराटनगरमा कमला चौलागाईं, दुर्गा कुमारी प्रसाईं र खडानन्द आचार्यले अदालतको अवहेलना गरेको भन्दै मेयर चौधरीविरुद्ध मुद्दा दायर गरेका हुन् ।
इटहरी उपमहानगरपालिका र मेयर चौधरीलाई विपक्षी बनाई दायर भएको निवेदनमा हदैसम्मको कारवाहीको माग गरिएको छ । मेयर चौधरीले गत भदौ २६ गते उच्च अदालत विराटनगरले गरेको आदेशपत्र च्यातेका थिए । सोही विषयलाई लिएर उनीविरुद्ध आइतबार मुद्दा दायर भएको हो ।
आदेशपत्र च्यातेर अदालतको अवहेलना गरेको साथै सरकारी खर्चमा जथाभाबी निजी जग्गा खनेको भन्दै अदालतमा निवेदन दिएको निवेदकहरुको भनाइ छ।
मेयर चौधरीले फाइल नक्सा अध्ययन नगरी हचुवाको भरमा कल्भर्ट बनाउने काम गरेको निवेदकको भनाइ छ । व्यक्तिगत रिसइबी साँध्नको लागि मेयर चौधरीले बदनीयतपूर्ण काम गरेको निवेदनमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us