अब पाइपलाइनबाटै काठमाण्डुमा पेट्रोल

काठमाण्डु टुडे २०७६ भदौ ३० गते ७:२५ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– अमलेखगन्जसम्म पाइपमार्फत आएको डिजेल अब राजधानीलाई तराईसँग जोड्ने द्रुतमार्ग (फास्ट ट्र्याक) को किनारैकिनार काठमाण्डुसम्म ल्याउन सकिने विज्ञहरुको एक अध्ययनले देखाएको छ ।

सामान्यतया पहाडी क्षेत्रमा पम्पिङ गर्दै पाइपमार्फत तेल ल्याउन कठिन हुने भए पनि इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) पुल्चोकको विज्ञ टोलीले गरेको अध्ययनले फास्ट ट्र्याकमार्फत पाइप बिछ्याएर काठमाण्डुमा तेल ल्याउन सम्भव देखाएको हो ।

आइओइका पूर्वडिन प्राध्यपक त्रिरत्न बज्राचार्यले अध्ययन गर्दा बीचबीचमा बुस्टिङ पम्पमार्फत प्रेसर दिएर पाइपमार्फत काठमाण्डुमा पेट्रोलियम पदार्थ ल्याउन सकिने सम्भावना देखिएको बताए । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us