चीनले जारी गरेको विज्ञप्तिलाई लिएर नेपालसँग रिसायो अमेरिका

काठमाण्डु टुडे २०७६ भदौ २६ गते ७:०५ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।

‘हामी यसबारे नेपाल सरकारका अधिकारीहरुको स्पष्टीकरणको प्रतिक्षामा छौं,’ काठमाण्डुस्थित अमेरिकी दूतावासकी प्रवक्ता एन्डी आर्मेन्टले भनिन्,‘ बेइजिङस्थित हाम्रो दूतावासलाई पनि हामीले त्यहाँ जारी भएको विज्ञप्तिमा उल्लेखित तथ्यको परीक्षण गर्न भनेका छौं ।’

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिहरुमध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीनविरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाएको थियो । कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us