
पाँचथर , २५ भदौ —५५ वर्षीय एक वृद्धले आफ्नै घाँटी रेटि आत्महत्या गरेका छन् ।
पाँचथरको फिदिम नगरपालिका —८ घलेगाँउका ५५ वर्षीय सनम गुरुङले बुधबार बिहान ९ बजे आफु सुत्ने कोेठामा घाँटी रेटि आत्महत्या गरेका हुन् । घाँटी रेटि आत्महत्या गरेको थाहा पाएपछि अस्थायी प्रहरी चौकी तमाखेबाट प्रहरी टोली आउँदा गुरुङको मृत्यु भइसकेको थियो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको प्रहरीले बताएको छ ।