
बुटवल ,२५ भदौ – जिपको ठक्करबाट वडाअध्यक्ष घाइते भएका छन् ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष उदयबहादुर थापालाई बा १८ च १०४४ नम्बरको जिपले बुधवार दिउँसो ठक्कर दिएको हो ।
वडाध्यक्ष थापा बुधवार दिउँसो लु ४१ प ३९०३ नम्बरको मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा उदिनढुगांमा जिपले ठक्कर दिएर घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।जिपको ठक्करबाट घाइते भएका थापालाई गुल्मी अस्पतालमा उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको छ ।
ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।