सक्कली सुन राखी नक्कली सुन बेच्ने स्वर्णकार पक्राउ

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १३:०६ मा प्रकाशित

मोरङ,२५ भदौ — सक्कली सुन राखी नक्कली सुन बेच्ने एक सुन व्यापारी पक्राउ परेका छन् ।

सक्कली सुन भनी नक्कली सुन बेची सर्वसाधरणलाई ठगी गर्ने मोरङ बुढीगंगा गाँउपालिका—२ स्थित गणेश लक्ष्मी ज्वेर्लसका सञ्चालक विराटनगर बस्ने ३६ वर्षीय जितेन्द्र साह स्वर्णकार पक्राउ परेका हुन् ।

स्वर्णकारले आफ्नो पसलमा धितो राखेको सुनको साँवा ब्याज तिरी ग्राहकले आफ्नो गहना लिन आउँदा सक्कली सुन राखी नक्कली सुन दिएको उजुरीको आधारमा स्वर्णकारलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अहिले सम्म ८ जनाको उजुरी परिसकेको छ ।

पक्राउ परेका स्वर्णकारलाई मुलुकी अपरध संहिता , २०७४को ठगी कसुर अन्र्तगत थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us