ट्रम्पद्वारा जोन बोल्टनलाई पदमुक्त

काठमाण्डु टुडे २०७६ भदौ २५ गते १२:३२ मा प्रकाशित

काठमाण्डु,२५भदौ–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई आफूले पदमुक्त गरेको घोषणा गरेका छन्।
उनले आफू बोल्टनसँग असहमत रहेका कारण राजीनामा माग गरेको ट्वीटमार्फत् बताएका हुन्। बोल्टनले भने आफूले नै राजीनामा गरेको बताउँदै उचित समयमा आफ्नो भनाइ सार्वजनिक गर्ने प्रतिक्रिया दिएका छन्। उनले अफगानिस्तानदेखि इरानसम्मका विभिन्न विषयका चुनौतीबारे राष्ट्रपति ट्रम्पसँग फरक मत राखेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us