
बैतडी , २५ भदौ — बलात्कारको आरोपमा बैतडीमा एक इन्जिनियर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २७ बर्षीय मेलौली नगरपालिकाका निर्वतमान इन्जिनियर रोशन चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए । स्थानीय १७ बर्षिय किशोरीलाई ललाईफकाई डडेल्धुरा लगी जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको निरीक्षक चन्दले बताए ।
किशोरीको स्वास्थ्य परिक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानको लागी डडेल्धुरा पठाउने प्रहरी प्रवक्ता चन्दको भनाई छ ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।