नेपालीसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउन ७ वर्ष लाग्ने

काठमाण्डु टुडे २०७६ भदौ २५ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, २५ साउन– नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ ।

विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो ।

विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचप्मा राखिको छ ।
समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us