एनसेलका पक्षमा फैसला सुनाउने न्यायाधीशलाई महाअभियोग प्रस्ताव

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १७:०० मा प्रकाशित

काठमाण्डू , २४ भदौ—सत्तारुढ दल नेपाल कम्युनिष्टि पार्टी (नेकपा) का सांसद मोहन बानियाँले निजि क्षेत्रको दूरसञ्चार प्राइभेट कम्पनी ऐनसेलसँग कर असुल्न माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सून्य समयमा बोल्दै सांसद बानियाँले ऐनसेलको कर छुट हुने भनि फैसाला गर्ने न्यायाधिसमाथि महाअभियोग लगाई कर असुल्ल माग गरेको हो । अदालतले न्यायपुर्ण फैसला नगरेको भनि न्यायाधिसमाथि महाअभियोग प्रस्ताव दर्ता गराउनु पर्ने उनको भनाई छ ।

ऐनसेल प्रालीको ८० प्रतिशत शेयर खरिद बिक्री हुँदा भएको लाभकर छली विवाद थियो । यस अघि सांसद देव गुरुङ र ह्दयस त्रिपाटीले पनि ऐनसेलको कर उठान सरकारको ध्यानाकर्षण गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us