नेकपाकाे सपथ कार्यक्रमा तोडफोड , अध्यक्ष साहमाथि हातपात

काठमाण्डु टुडे २०७६ भदौ २४ गते १६:३२ मा प्रकाशित

काठमाण्डु, २४ भदौ —नेपाल कम्युनिष्ट पार्टी( नेकपा) को प्रदेश नं. २ को छ जिल्लाको शपथ कार्यक्रममा पार्टी भित्रै विरोध भएपछि कार्यक्रम रोकिएको छ ।

महोत्तरी,धनुषा सर्लही र रौतहटको शपथ कार्यक्रम अन्तिम समयमा स्थिगित भएपनि सिराह र सप्तरीको शपथ कार्यक्रम गराउने तयारी भइरहँदा असन्तुष्ट समुहले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुको साथै अध्यक्ष प्रभु साहलाई हातपात गरेका  छन् ।   प्रहरीले स्थितिलाई नियन्त्रण लिन लाठीर्चाज गरेको हाे । प्रहरीले साहलाई सुरक्षित साथ बाहिर निकालेको थियो भने प्रदेश सचिव सुमनराज प्याकुरेल सभा भित्रै बसेका थिए ।

मापदण्ड तय नगरी केही नेताहरुले आफुखुसी बनाइएको जिल्ला कमिटी सपथ हुन नदिने असन्तुष्ट पक्षको अडान छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us